४ पुष २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
पुगे सुर्खेतबाट हिल्सा पहिलो मोटरसाईकल – Himalaya Raibar
Banner Newsअर्थतन्त्रअर्थव्यवस्थाकर्णाली प्रदेशताजा समाचारमुख्य समाचार

पुगे सुर्खेतबाट हिल्सा पहिलो मोटरसाईकल

रेशमराज रोकाया
जेष्ठ, २३, २०८१
कर्णाली करिडोरको छारे सडक खण्ड नेपाली सेनाले ट्रयाक खुल्ला गरेपछि हुम्ला भ्रमणमा निस्कने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । सुर्खेत देखी हुम्ला जिल्लाको सदरमुकाम सिमकोट हुँदै चीन सिमामा रहेको हिल्सासम्म हाल सम्म कुनै पनि यात्रुले मोटरसाईकलको यात्रा तय नगरेको भएता पनि हाल दुई युवाले सफल यात्रा तय गरेका छन् ।


सुर्खेत देखी हुम्ला सम्मको दुरी ५ सय ४ किलोमिटरको यात्रा पहिलोपटक युवाद्धय सुर्जन रोकाया र शिवराम रोकायाले तय गरेको नेपाल प्रहरी हिल्सा स्रोतले जानकारी गरेको छ । पहिलोपटक यात्रामा कर्णाली प्रदेश ०२–००२प ५००० र ०२–००२प ५००१ को मोटरसाईकल मार्फत सवार यात्री रोकायाले बाटो कठिन भएको भएता पनि यात्रा सफल रुपमा तय गरेको जानकारी दिए । एक त कर्णालीको भुगोल नै कठिन भएको र सडक भरखर मात्र निर्माणाधिन रहेको भएको कारण यात्रा कठिन र साहशिक भएको मोटर साईकल यात्री सुर्जन रोकायाले बताउनु भयो ।

हिल्सामा मोटरसाईकल यात्री सुर्जन रोकाया र शिवराम रोकाया, साथमा नारायण चौधरी ।

यात्रा कठिन भएको भएता पनि साहशिक यात्रा अनि सुन्दर प्रकृती नियाल्नको लागि यो मार्ग अति नै सुन्दर भएको अर्का यात्री शिवराम रोकायाले बताए । सुर्खेत हिल्सा सडकको च्याछहरा, दुल्ली कुना, बोक्चेगौंडा, हिलिङ्गको बाटो सहज बनाउन सकेको खण्डमा हुम्लाको यात्रा अति नै रोमाञ्चक हुने देखिएको छ । हाल यस सडक खण्डमा ४ पाङ्गग्रे सवारी साधन सहज रुपमा सञ्चालन भएको भएता पनि मोटरसाईकल यात्राको लागि अझै बाटोको अवस्था सुधार गर्नु पर्ने अवस्था रहेको छ । यात्रामा हुम्लाका वासिन्दाले दिने स्वागत सत्कार अनि यहाँको साँस्कृतिक महिमा, प्राकृतिक सौन्दर्यको अवलोकनले गर्दा पर्यटकलाई मन नै लोभ्याउने अवस्था रहेको छ । भविश्यमा नेपालको अन्य ठाउँ भन्दा यस ठाउँको बाटोको अवस्था सुधार गरेको खण्डमा हुम्लाको विभिन्न पर्यटकिय स्थलमा पर्यटकको भिँड लाग्ने सम्भावना रहेको छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button