कर्णालीकै ठूलो गोम्बाको समुद्घाटन
रेशमराज रोकाया
हुम्लाको उत्तरी गाउँपालिका नाम्खामा नयाँ धार्मिक गोम्बाको उद्घाटन भएको छ । नाम्खा गाउँपालिकाको वडा नं. ४ मा रहेको याँगार गाउँमा आनी गोम्बाको नामले प्रसिद्ध रहेको ठाउँमा हाल नाम्ख्युङ पेमा होसाल छ्युलुङ गोम्बाको एक कार्यक्रम विच उद्घाटन भएको छ ।
धार्मिक रिम्पोछे पेमा रिक्सालले उद्घाटन गर्नु भएको गोम्बामा हाल छ सय आनीले अध्ययन अध्यापन गर्दै आएका छन् । सन् २०१६ बाट २ दशमलव ६ मिलियन डलर लागतमा निर्माण सम्पन्न भएको छ । कार्यक्रममा हुम्लाको विशेष गरी दोजाम गाउँ देखी लिमी सम्मका करिब २ हजार बौद्ध धर्मावलम्बी भक्तजनको उपस्थिती रहेको थियो ।
नाम्खा पर्यटयिक मात्र होईन हुम्लाको धार्मिक स्थलको रुपमा चिनिन्छ । यहाँको नाम्खाख्योंजोङ गोम्बा प्रसिद्ध त छँदै थियो, हाल पेमा होसाल छोईलिङ गोम्बाको स्थापना तथा उद्घाटनले अझ धार्मिक महत्व बढेको छ । गोम्बा निर्माणको लागि हुम्लाका स्थानिय तथा विदेशी नागरिकको सहयोग रहेको रिम्पोछे पेमा रिक्सालले बताउनु भयो । आगामी दिनमा पनि बौद्ध धर्मको वृत्ती विकासको लागि सम्पूर्ण महानुभावको उच्च सहयोग रहने विश्वास रिम्पाछेले गर्नु भयो ।
कार्यक्रममा हुम्लाका बौद्ध धर्मावलम्बीले आफ्नो साँस्कृतिक झाँकी तथा नृत्य समेत प्रदर्शन गरेका थिए । बौद्ध धर्ममा आस्था राख्ने हुम्लाका हरेक वस्तीबाट झाँकी र नृत्य प्रस्तुत गरिएको थियो । नाम्खाको एक मात्र माध्यमिक विद्यालय महाबौद्ध माध्यमिक विद्यालय, याल्वाङका बालबालिकाले समेत विभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए ।
प्रतिनिधी सभा सदस्य छिरिङ डम्डुल लामाले बौद्ध धर्म विश्वकै एक उत्कृष्ट धर्म भएको बताउँदै धर्मले सभ्यता र संस्कृती जोगाउनमा सहयोग गर्ने बताउनु भयो । शुभकामना सन्देश सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले दिनु भएको थियो । कार्यक्रममा शुभकामना दिँदै नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले नाम्खाको अर्को विशेषता नाम्ख्युङ पेमा होसाल छ्युईलिङ गोम्बा स्थापना पछि थपिएको बताउनु भयो ।
कार्यक्रमको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।