२५ बैशाख २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
काठमाडौँसहित विभिन्न स्थानमा ११ जना मृत फेला - Himalaya Raibar
Banner Newsताजा समाचार

काठमाडौँसहित विभिन्न स्थानमा ११ जना मृत फेला

काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा १२ जना मृत अवस्थामा फेला परेका छन् ।

  • काठमाडौं महानगरपालिका-२४ मखन गल्‍लीस्‍थित पुरानो भत्‍किएको छाप्रोमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
  • गोरखा, भिमसेनथापा गाउँपालिका-४ धावा बस्ने ६६ वर्षीय धन बहादुर सार्की सोही गाउँपालिका-४ जोगीगाडे भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
  • यसैगरी गोरखा, गण्डकी गाउँपालिका-८ बर्खेघाटस्थित त्रिशूली नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ८ वर्षीय बालक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
  • सुनसरी, इटहरी उपमहानगरपालिका-१८ जोतपुर बस्ने २५ वर्षीय आता हुसेन सोही ठाउँस्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
  • रूपन्देही, ओमसतिया गाउँपालिका-४ पर्सौनी बसन्तपुरस्थित सडक छेउको खेतमा जमेको पानीमा रोहिणी गाउँपालिका-३ बैकुण्ठपुर बस्ने सिद्धार्थनगर नगरपालिका-१० घर भएका ७० वर्षीय तेज बहादुर जिसी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
  • यसैगरी रूपन्देही, ओमसतिया गाउँपालिका-३ करूवानीस्थित हाटबजार लाग्ने टिनको टहरामा सोही गाउँपालिका-१ ठुटिपिपल बस्ने ८५ वर्षीय रामलखन चाई मल्लाह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
  • सिराहा, अर्नमा गाउँपालिका-१ बुढियाचाप बस्ने ३५ वर्षीय अजय कुमार महरा सोही ठाउँस्थित आँपको रूखमुनि शनिबार मृत अवस्थामा फेला परेका छन् ।
  • मोरङ, धनपालथान गाउँपालिका-५ बबिया बस्ने अक्षय सरदारकी छोरी ५ वर्षीया बच्ची आत्तिका सरदार सोही ठाउँस्थित विद्यालय नजिकैको बाटो छेउमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
  • चितवन, कालिका नगरपालिका-८ भोर्लाघारी बस्ने ५७ वर्षीय बुद्ध राम चेपाङ सोही ठाउँस्थित बारीको डिलमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
  • सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ बस्ने ३८ वर्षीय लोक बहादुर खत्री सोही नगरपालिका-२ स्थित चेतना जनजागृति सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
  • बैतडी, पाटन नगरपालिका-६ चुच्चाई मोडको सल्लाघारीको वनमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button