२ कार्तिक २०८२, शनिबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
काठमाण्डौं महानगरले हुम्लाको नाम्खालाई एम्बुलेन्स प्रदान - Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचारस्थानीय तहस्वास्थ्य

काठमाण्डौं महानगरले हुम्लाको नाम्खालाई एम्बुलेन्स प्रदान

हुम्ला, असौज, ११
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई काठमाण्डौँ महानगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । नाम्खा गाउँपालिका–५ मुचुमा रहेको मुचु स्वास्थ्य चौकीलाई काठमाण्डौँ महानगरपालिकाले विहिबार एम्बुलेन्स सहयोग हस्तान्तरण गरेको हो ।
बिगत १ बर्ष देखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य महानगरले मंगलबारदेखि सुरु गरेको थियो । विहिवार नाम्खा गाउँपालिका गाउँपालिका उपाध्यक्ष तक्दिर लामा, स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले महानगरले सहयोग गरेको एम्बुलेन्सको साँचो हस्तान्तरण गरेकोे थियो । महानरगले सहयोग गरेको एम्बुलेन्सले नाम्खा गाउँपालिकाका मात्रै नभएर अन्य स्थानीय तहमा रहेका दुखी, गरिब विरामीहरुको समेत उद्धार गर्ने भएको उपाध्यक्ष लामाले बताउनुभयो ।
हुम्लाको सुविधा सम्पन्न अस्पताल सदरमुकाम सिमकोटमा रहेको तर विकटका गाउँवस्तीबाट विरामीलाई उपचार गर्न सदरमुकाम आउन निजी गाडी प्रयोग गर्दा कम्तीमा ४० दृखी ५० हजारको खर्च हुने गरेको थियो । नाम्खा गाउँपालिका हुम्लाको अति नै दुर्गम र विकट भएको र भुगोल ठूलो भएको कारण विरामीलाई समस्या हुँदै आएको थियो । महानगरले प्रदान गरेको एम्बुलेन्स मार्फत अब यो समस्या समाधान हुनेमा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले बताउनु भयो । सहज र सुलभ रुपमा विरामीको उपचारमा सहज हुने भएकोले काठमाण्डौं महानगरपालिकालाई सहयोगको लागि आग्रह गरिएको र सोही अनुसार महानगरले सहयोग गरेको प्रति गाउँपालिका अध्यक्षले आभार प्रकट गरेका छन् ।
एम्बुलेन्स सेवाका लागि पारदर्शी मापदण्ड बनाई स्वास्थ्य सुविधा अभावमा गाउँपालिकावासीले अब समस्या भोग्नु नपर्ने अवस्था आएको हो । स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार भएकाले पालिकाले पनि सोही अनुसार सेवा दिने गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामाले बताउनुभयो ।
गाउँपालिकालाई प्रदान गरिएको एम्बुलेन्सले दुर्गम भेगका नागरिकहरूको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउनुका साथै यस सहयोगले आकस्मिक स्वास्थ्य सेवा सुधार गर्न, उपचारमा ढिलाइ कम गर्न तथा गाउँपालिकावासीहरूको जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने भएको स्वास्थ्य संयोजक लामाले बताउनुभयो । काठमाडौं महानगरपालिकाले देखाउनुभएको सहकार्य र सामाजिक उत्तरदायित्वको भावनाप्रति हामी उच्च प्रशंसा व्यक्त गर्दै नाम्खा गाउँपालिका परिवारले धन्यवाद समेत दिएको छ । दुर्गम क्षेत्रका नागरीक विरामी हुँदा स्वास्थ्य संस्थामा छिटो र सजिलै पुर्याउन सहज हुने भएको छ ।
पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई महानगरले एम्बुलेन्स वितरण गरिरहेको छ । हुम्लाको मुचु स्वास्थ्य चौकी पनि परेको हो ।

 

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button